चितवनका थप एक जनामा काेराेना संक्रमण पुष्टि
मकालु खबर
२०७७ साउन ९ गते
चितनव । चितवनमा शुक्रबार थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ४६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् ।
ती संक्रमित क्वारेन्टिनमा रहेको उनले जानकारी दिइन् । चितवनमा आज कुल १५७ नमुना परीक्षण गरिएको थियो ।
मकालु खबर
२०७७ साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित