बलात्कारका आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ
२०७७ असार ३१ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक [एसएसपी] पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारीलाई एक महिलाले आफूमाथि दुर्व्यवहार गरेको उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
युवतीले मौखिक उजुरी दिएपछि आफूहरुले आरोपित अधिकारीलाई नियन्त्रण लिएको कास्कीका प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
२०७७ असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित








