थप ११६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १७ हजार ६१ पुग्यो
२०७७ असार ३० गते

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप ११६ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।
६ हजार ६९५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । काठमाडाैंमा मात्रै २ जना संक्रमित थपिएका छन् ।
२०७७ असार ३० गते
प्रतिक्रिया
सम्बन्धित








