थप ११६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १७ हजार ६१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप ११६  जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

६ हजार ६९५ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । काठमाडाैंमा मात्रै २ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =