कोभिड बिरुद्धको सावधानी सहित पवन स्विट सञ्चालन आयो

काठमाडौं । बिश्वव्यापी महामारीबाट बच्न अवलम्बन गरिने सबै सामाजिक दुरीका प्रोटोकलहरुको पूर्ण पालना गर्दै पवन स्विट्ले लकडाउन पछि आफ्नो सेवा पुन सञ्चालनमा ल्याएको छ । सफा, शान्त तथा पारिवारीक वातावरणमा सञ्चालित यस मिष्ठान भण्डारमा कोभिड–१९ बिरुद्धको सम्पूर्ण सजगता अपनाईएको सञ्चालकहरुले बताएका छन् ।

सबै कर्मचारीहरुले हातमा पन्जा, मुखमा माक्स र फेस सिल्ड लगाएरै काम गर्ने गरेका छन् । खाना उत्पादन गर्दा देखि ग्राहकहरुलाई पस्किदासम्मको सम्पूर्ण क्षणहरुलाई उच्च सतर्कताका साथ सम्पन्न गरिएको छ ।

वातावरण प्रदुषण प्रति सदैब सचेत यस मिष्ठान भण्डारमा सबै सामानहरु बायो डिग्रेडबल जस्तै केराको पात, टपरी तथा पेपरका सामानहरु प्रयोग गरिने गरेको छ । हाल घरै बसेर यस मिष्ठान भण्डारबाट स्वदेशी तथा ईन्डिएन कुजिनका खानाहरु फुडमान्डुबाट अर्डर गर्ने सुविधा पनि रहेको छ ।

गर्मी सिजनमा आँत शितल बनाउने नेपालकै पहिलो फ्रुट स्टफ कुल्फी पनि पाईने गरेको छ । कुनै पनि अवसरहरुलाई थप स्वादिस्ट बनाउने पेडा, रवडी, लड्डु, काजु, बर्फी, ईम्युनिटी बुस्टर लड्डु लगाएत सम्पूर्ण मिठाईहरु यहाँ पाईन्छ ।
घरै बसेर सोसल मिडिया जस्तै फेसबुक र ईन्स्टाग्रामबाट पनि अर्डर गर्न सकिने सञ्चालकले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *