३ करोड २१ लाख विगाे कायम गर्दै इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
२०७७ असार १९ गते

काठमाडौं । एक इन्जिनियरलाई गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा ३ करोड २१ लाख भ्रष्टाचार गरेको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध ३ करोड २१ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०४१ सालमा ओभरसियरको रुपमा सेवा प्रवेश गरेका उनी हाल सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए । पाँच करोड २९ लाख रुपैयाँ आर्जन गरेका उनको सम्पत्ति छानबिन हुँदा २ करोड ७ लाख रुपैयाँ मात्रै वैध भएको खुलेको अख्तियारले जनाएको छ ।
आफ्नो अवैध आर्जन उनले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, सवारी साधन, बैंकिङ कारोबरमा लगाएको अख्तियारको दाबी छ । अख्तियारले उनकी पत्नी रिता खनाल आचार्यलाई पनि प्रतिवादी बनाएको छ ।
२०७७ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित









