भक्तपुर, ललितपुर र काठमाडौंमा थपिए ९ कोरोना संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा ४ संक्रमित थपिएका छन् । एक महिला र तीन पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई महिला, दुई पुरुष र ललितपुरका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थप ४३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमध्ये २ हजार ६५० जना उपचारपछि संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ३१२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =