२४ घण्टामा ४३४ कोरोना संक्रमित थपिए, ३१२ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (बिहीबार) को प्रेस ब्रिफिङका क्रममा यसबारे पुष्टि गरेका हुन् । उनका अनुसार आज थप ४३४ जनामा कोरोना पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म २६ जनाले ज्यान गुमाइसकेका छन् आज मात्रै स्याङ्जाका एक र ललितपुरका एकजना संक्रमितले ज्यान गुमाएसँगै मृतक संख्या २६ पुगेको हो ।

हालसम्म २ हजार ६५० जना उपचारपछि संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत ३१२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =