पुर्व अर्थमन्त्री पाण्डेद्वारा तीन पालिकालाई स्वास्थ्य सामाग्री प्रदान

चितवन । पूर्व अर्थमन्त्री तथा चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्र पाण्डेले पूर्वी चितवनका तीन वटा नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

कोरोना रोगको संक्रमणबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री सांसद पाण्डेले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र वकुल्लहर रत्ननगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । आइतबार राप्ती नगरपालिकाका प्रमुख प्रभा वराल, उपप्रमुख इमानसिंह लामा, खैरहनी नगरपालिकाका प्रमुख ललमणि चौधरी, उपप्रमुख सुनिता थपलियालाई सांसद पाण्डेले सामग्री हस्तान्तरण गरे ।

त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, उपप्रमुख विमला दवाडी मार्फत बकुल्लहर रत्ननगर अस्पताललाई सामग्री सहयोग गरेका थिए । स्वास्थ्य सामग्रीमा पीपीइ, एननाइन्टी माक्स, फेससील, हेलमेट, पन्जालगायतको सामग्री वितरण गरेको नेकपा जिल्ला सदस्य केशव कडेलले जानकारी दिए ।

कोरोना भाइरसबाट बच्नको लागि घर बाहिर ननिस्कने, निस्कनु परेमा स्वास्थ्य सामग्री प्रयोग गरेर काममा जान नेता पाण्डेले अनुरोध गरे । कार्यक्रममा नेकपा नेता काशीनाथ अधिकारी, कृष्ण खनाल, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 19 =