देशभरको मौसम बदली, प्रदेश १, २ र बाग्मतीमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना छ । जुन १२ (जेठ ३०) गते देशको पूर्वी भूभाग हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायु सक्रिय भएकाले आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको प्रभाव पूर्वी र मध्य पश्चिमी भूभागमा परेको छ । आज दिउँसो देशभरको मौसम बदली रहेपनि प्रदेश १, २ र वागमती प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान :-

असार ०३ गते (बुधबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानहरुमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते (बिहिबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०५ गते (शुक्रबार)
दिउँसोः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =