पतौरा स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत बर्खास्त, महामारीमा सहयोग नगरेको आरोप
२०७७ जेठ ३० गते

रौतहट । कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका समयमा समेत सहयोग नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ । महामारीका जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको तथा पदीय मर्यादा विपरित काम गरेकाे नगरपालिकाको आरोप छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहका अनुसार पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. हरिशंकर प्रसादलाई सेवाबाट हटाइएको हो । डा. हरिशंकरलाई स्पष्टिकरण पनि सोधिएको तर उनको जवाफ सन्तोषजनक नआएको उनको भनाइ छ ।
रौतहटमा ५३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १०२ जना निको भएर घर फर्किएका छन् । देशभर ४ हजार ६१४ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
२०७७ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








