कुवेतबाट काठमाडौं आइपुगे ३ सय ६ जना नेपाली महिला

काठमाडौं। कुवेतबाट आएका नेपालीहरू केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन्। रोजगारीको सिलसिलामा कुवेत पुगेका नेपाली महिलाहरूलाई कुवेत सरकारले नेपाल पठाएको हो।

दुई वटा जहाजमार्फत कुवेतबाट ३ सय ६ जना नेपाली महिला नेपाल आएका हुन्। जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एक सय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना नेपाल आएका हुन्।

उनीहरूलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेश निर्माण गरेका होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ। त्यसपछि उनीहरूलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ। यसअघि म्यानमार, खाडी मुलुक दुबई, अस्ट्रेलिया र जापानबाट पनि केही नेपालीलाई स्वदेश फर्काइ सकिएको छ।

बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन्। सरकारले पछिल्लो समय विदेशमा अलपत्र परेका नेपालीलाई जहाजबाट नेपाल ल्याउने निर्णय गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =