बुधबार एकैदिन थप २७९ जनामा काेराेना पुष्टि, संक्रमित संख्या ४३६४ पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७९  जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन् । संक्रमितहरुमध्ये २५७ पुरुष र २२ जना महिला छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । संक्रमितमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाकाे मृत्यु भइसकेकाे छ । अन्यकाे विभिन्न जिल्लाका अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =