कोरोना संक्रमित संख्या ४०८५ पुग्दा ५८४ जना निको भएर फर्किए, कति थपिए आज ?
२०७७ जेठ २७ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
आज (मंगलबार) को प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरे । संक्रमितमध्ये २९२ पुरूष र ३१ जना महिला छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या पुगेको छ । संक्रमितमध्ये ५८४ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
२०७७ जेठ २७ गते
प्रतिक्रिया
सम्बन्धित








