भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको हो ।

उनी भरतपुर महानगरपालिकाका हुन् । मृतकको शव भरतपुर अस्पताल राखिएको छ । उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोेना पुष्टि भएपछि सोमबार सांझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो ।

सोमबार चितवनको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा मृतक वृद्धसहित ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =