तातोपानी भन्सारबाट उठ्यो एक अर्ब २७ करोड राजस्‍व

सिन्धुपाल्चोक। निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजस्व संकलनमा सकारात्मक प्रभाव देखिएको छ।

कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजस्व एक अर्ब २७ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख राजस्व संकलन भएको थियो। गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख राजस्व असुली भएको छ। यही जेठमा मात्र १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो। सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ। लकडाउन जारी रहँदा सो नाकाबाट एक अर्ब ७८ करोड २५ लाख २७ रुपैयाँ हजारको सामान भित्रिएको छ।

भन्सार कार्यालयका प्रमुख खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए। भन्सार कार्यालयका अनुसार २६ चैतदेखि एक अर्ब ६२ करोड १२ लाख रुपैयाँ बराबरको स्वास्थ सामग्री मात्र आयात भएको छ।

यस्तै यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, चार करोड ४४ लाखको धानको बीउ, र ८२ लाखको कृषि सामग्री र ४९ लाख बराबरको एम्बुलेन्स आयात भएको छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =