हामीले सोचेजस्तो ब्याटिङ गर्न सकेनौँः कप्तान पारस

 

साउन १२, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले राम्रो ब्याटिङ गर्न नसकेका कारण हार व्यहोर्नु परेको बताएका छन् । 

आफ्नो अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि कप्तान पारसले यस्तो प्रतिक्रिया दिएका हुन् । 

null

‘हामीले प्रतियोगिताभरी नै राम्रो खेल्न सकेनौँ । हामीले सोचेजस्तो ब्याटिङ गर्न सकेनौँ । सिंगापुरले राम्रो खेल्यो । सायद आज हाम्रो दिन थिएन । आशा छ आगामी प्रतियोगितामा हामी अझै बलियो भएर आउँनेछौं । त्यसैले हार्यौँ’, कप्तान पारसले भने । 

आइतबार भएको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले नेपाल पराजित भएको थियो । हारसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–ट्वान्टी विश्वकप खेल्ने सपना अधुरै रह्यो । नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न पुनः असफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =