कोरोना अपडेटः विश्वमा संक्रमित र मृत्यु हुनेको संख्या कति पुग्यो ?

चैत्र १७, काठमाडौं। तीन महिना अघि चीनको वुहान शहरमा देखिएको कोरोना भाइरसको संक्रमण सोमबारसम्म संसारभर फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संयुक्त राष्ट्रसंघमा आवद्ध एक सय ९५ देशमै कोरोना भाइरसको संक्रमण देखिएको छ।
अहिलेसम्म सात लाख २२ हजार तीन सय ५० जनामा कोरोना भाइरस देखिएको छ। जसमध्ये ३३ हजार नौ सय ८० जनाको ज्यान गएको छ भने २६ हजार ६ सय ८१ जना गम्भीर रहेका छन्। बिरामी भएकामध्ये एक लाख ५१ हजार सात सय ६६ जना निको भएर घर फर्केका छन्।
सबैभन्दा बढी अमेरिकामा एक लाख ४२ हजार एक सय ७८ जनामा संक्रमण देखिएको छ। जसमध्ये दुई हजार चार सय ८४ जनाको मृत्यु भएको छ भने दुई हजार नौ सय ७० जना गम्भीर रहेका छन्।

त्यस्तै, इटालीमा ९७ हजार ६ सय ८९ जना बिरामी परेका छन भने १० हजार सात सय ७९ जनाको मृत्यु भएको छ। चीनमा ८१ हजार चार सय ७० जना बिरामी भएका छन भने तीन हजार तीन सय चार जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम चीनमा अझै संक्रमण रोकिएको छैन, गत २४ घन्टामा मात्रै ३१ जनामा संक्रमण भेटिएको छ।
यसैगरि ८० हजार एक सय १० जना बिरामी भएका छन भने ६ हजार आठ सय तीन जनाको मृत्यु भएको छ। त्यसपछि ६२ हजार चार सय ६५ जना बिरामी परेका छन भने पाँच सय ४१ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा उपचारको व्यवस्था राम्रो देखिएको छ।
नेपालमा भने अहिलेसम्म पाँच जना कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना दुई महिना अघि नै निको भएका छन भने चार जनाको उपचार भइरहेको छ।








