पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चकाे आदेश
२०७६ वैशाख ७ गते

बैशाख ६, काठमाडौं । सर्वोच्च अदालतले पब्जी प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम जारी गरेको हो । सर्वोच्चले प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न समेत आदेश दिएको छ ।
null
गत मंगलबार इन्टरनेटको माध्यमबाट खेलिने ‘पब्जी’ खेलमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक र रितेश पौडेलले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको आदेशमा चैत २८ मा पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
२०७६ वैशाख ७ गते
प्रतिक्रिया
सम्बन्धित








