कर्णालीका शिक्षक शिक्षिका विद्यार्थीका घरघरमा

फागुन ११, जुम्ला । नयाँ शैक्षिक सत्र सुरु भए सँगै कर्णाली माध्यामिक विद्यालयले भर्ना विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । जुम्लामा फागुन देखि नयाँ शैक्षिक सत्रको सुरुहुने भएकाले अहिले जुम्लाका सवै विद्यालयहरुले भर्ना अभियानका कार्यक्रमहरु गरिरहेका छन् । नयाँ शैक्षिक सत्रमा भर्नाको लागि घरदैलो गर्ने, प्रर्चा पम्पलेट टाँस गर्ने, र्यालि गर्ने र मोवाइलबाट समेत भर्ना अभियानको प्रचार प्रसार गरिरहेका छन् । 

जुम्लाका केही सामुदायिक विद्यालयहरुले माघको पहिलो साता देखिनै विद्यार्थीलाई भर्ना गर्नका लागि अभियान थालेका थिए । विद्यार्थीलाई विद्यालयमा पढ्न आउनका लागि आकर्षण गर्न शिक्षक, शिक्षिकाको टोलिनै विद्यार्थीको घर घरमा गइरहेका छन् । 

१५ देखि कक्षा सञ्चालन गर्ने गरि भर्ना अभियान थालिएको कर्णाली माध्ययमिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले बताए । ‘हाम्रो विद्यालयमा अंग्रेजी माध्यममा पनि पढाइ हुने भएकाले हामीले माघको तेस्रो साता देखिनै घरदैलो अभियान थालेका हौं’ उनले भने । उनका अनुसार अहिले कक्षा ६ सम्म अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन भैरहेको छ । नेपाली माध्यमबाट फागुन १५ गतेबाट कक्षा सञ्चालन गर्ने तयारी गरिरहेका छौ’ ।  

null

विद्यालयले भर्ना अभियानका लागि घरघरमै लगायतका विभिन्न कार्यक्रमहरु गरिरहेकाले विद्यार्थी भर्ना दरमा बृद्धि हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जनाएको छ । जिल्लाका सामुदायिक तथा सरकारी विद्यालयमा बालबालिका भर्ना गर्न एसएमएसको सुविधा पनि प्रयोग गरेका छन् । प्रविधिको प्रयोग सँगै सामाजिक सञ्जाल, मोवाइल, एसएमएस मार्फत अभिभावक तथा शिक्षकलाई बालबालिका विद्यालयसम्म ल्याउन अपिल गरिएको छ ।  

 

धेरै विद्यार्थीका अभिभावकहरुलाई फोनबाटै भर्ना गर्न र विद्यालयमा पढाउनका लागि अपिल गरेको जिएमडि बोडिङ्ग स्कुलका संचालक कृष्ण थापाले वताए । सामुदायिक विद्यालय भन्दा केही समय अघिनै निजी विद्यालयहरुमा नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले हामीले भर्नाको लागि सवै प्रविधि प्रयोग गरको छौं’ उनले भने,–‘सामुदायीक विद्यालय र निजी विद्यालयले भर्ना अभियानका लागि घरदैलो पनि गरेका छन् । हामीले पनि त्यसै गरिरहेका छौं ।’ 

जुम्लामा फागुन महिना देखि नयाँ शैक्षिक शत्रको पढाइ सुरु हुने गरेको छ । भर्ना अभियान अन्तर्गत जिल्लाका अधिकाशं विद्यालयले घरदैलोलाई प्राथमिकतामा राखेका छन् । गत वर्ष देखि अभिभावकको मोवाइलबाट एसएमएस गरेर भर्ना अभियान थालिएको थियो । 

विद्यार्थीको चाप बढेपछि अंग्रेजी र नेपाली माध्यमका नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक महतले बताए । ‘माघ महिनाको पहिलो साता देखिनै भर्नाका लागि विद्यालय सञ्चालन गरेका छौं’ उनले भने,–‘विद्यार्थीको चाप बढीरहेको छ । सार्वजनिक सुचना गरिरहेका छौं, भर्नाका लागि विद्यार्थीहरु विद्यालयमा प्रवेश फाराम भरीरहेका छन्’ ।  

चन्दननाथ माध्यामिक विद्यालयले फागुन ६ र ७ गते नयाँ विद्यार्थीहरुलाई भर्नाका लागि प्रवेश परिक्षा लिने तयारी गरिरहेको छ । धेरै विद्यालयले स्थानीय सञ्चार माध्यमबाट भर्ना खुलेको सूचना पनि गरिरहेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *