क्रुजभित्र भेटियाे ६१ जनामा कोरोना भाइरस

माघ २४, एजेन्सी ।  जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुजभित्रका अन्य ४१ जनामा कोरोना भाइरस भेटिएको छ । यससँगै क्रुजभित्र संक्रमितको संख्या ६१ पुगेको छ । 

३७ सय यात्री बोकेको डायमण्ड प्रिन्सेस क्रुज पछिल्लो दुई हप्तादेखि योकोकामामा छोडिएको छ । 

हङ्गकङ्गका ८० वर्षे एक व्यक्ति कोरोना भाइरसका कारण बिरामी परेपछि जहाजभित्रका अन्य यात्रीमाथि पनि परीक्षण सुरु गरिएको हो । 

यसका साथै वर्ल्ड ड्रिम नामको अर्को क्रुज जहाजका आठ पूर्व यात्रीमा कारोना भाइरस भेटिएपछि हङ्कङमा क्वारेन्टाइनका लागि छोडिएको छ । 

  

३६ सय यात्री बोकेको उक्त जहाजमा अहिलेसम्म कसैमा पनि भाइरसको संक्रमण देखिएको छैन । 

डायमण्ड प्रिन्सेसमा नयाँ संक्रमित भेटिएपछि जापानमा संक्रमितको संख्या ८६ पुगेको छ । यो चीन पछिको दोस्रो ठूलो संख्या हो । 

‘बाँकी १७१ जनाको स्वास्थ्य परीक्षणको नतिजा आएको छ जसमध्ये ४१ जनामा यसको संक्रमण भेटियो,’ जापानका स्वास्थ्यमन्त्री कात्सुनोबु कातोले भने । 

  

‘उनीहरुलाई आज विभिन्न प्रान्तका अस्पतालमा पठाइनेछ । हामी यसैका लागि तयारी गरिरहेका छौं,’ उनले भने । 

यसअघि पत्ता लागेका २० जना संक्रमितलाई अस्पतालमा राखिएको छ । 

६१ संक्रमित बिरामीहरु यी देशका छन्ः 

– जापानः २८ जना 

– अमेरिकाः ११ जना 

– अष्ट्रेलिया, क्यानडाः ७ जना 

– चाइनाः ३ जना 

– यूके, न्यूजिल्याण्ड, ताइवान, फिलिपिन्स, अर्जेन्टिनाः १ 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =