आईपीएलमा बेंगलोरको सुखद अन्त्य, मुम्बईको हातमा हैदरावादको भाग्य

एजेन्सी । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग आईपीएलमा सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । 

बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स खेले । १८ ओभरको चौथो बलमा राशिद खानले विजय शंकरबाट क्याच गराउनु अघि ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । चौथो विकेटका लागि गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको कीर्तिमानी साझेदारी गरेपछि हैदरावाद पराजित हुन पुगेको हो । चौथो विकेटका लागि यो आईपीएलकै उच्च साझेदारी हो । 

 

null

उत्कृष्ट ब्याटिङ गरेका गुरकीरतसिंह ४८ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रन बनाए । सिंहलाई खलिल अहमदले युसुफ पठानबाट क्याच गराए । पहिलो ओभरको तेस्रो बलमै भुवनेश्वकर कुमारले पार्थिव पटेललाई मनिष पान्डेबाट क्याच गराउँदै सुन्यमा पेभिलिएन फर्काए । दोस्रो ओभरको पाँचौ बलमा खलिल अहमदले रिद्धीमान शाहबाट क्याच गराउनु अघि कप्तान विराट कोहलीले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडे । 

ठिक एक ओभरपछि कुमारले मार्टिन गुप्टिलबाट एवी डि भिलियर्सलाई १ रनमा क्याच आउट गराएका थिए । हैदरावादका खलिल अहमद ३ र भुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए । त्यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । 

हैदरावादका लागि कप्तान केन विलियम्सनले जिम्मेवारीका साथ ब्याटिङ गर्दै ७० रनमा अविजित रहे । अन्तिम ओभरमा विलियम्सनले उमेश यादवलाई समान २ छक्का र चौका साथै भुवनेश्वर कुमारले १ चौका प्रहार गर्दै कुल २८ रन बटुलेपछि हैदरावादले बलियो योगफल तयार पार्न सफल भएको हो । 

विलियम्सनले ४३ बलमा ५ चौका र ४ छक्का गरे । विलियम्सन बाहेक हैदरावादका अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेनन् । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो फर्किएपछि हैदरावाद ठूलो समस्यामा देखियो । हैदरावादको एक तर्फबाट विकेट गुमि रहँदा अर्को तर्फबाट केन विलियम्सनले रन जोडि रहे । बेंगलोरका वाशिन्टन सुन्दरले ३, नन्दीप सैनीले २, युजवेन्द्र चाहलले १ विकेट लिए । 

योसँगै हैदरावादको अघिल्लो चरण कठिन बनेको छ । आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्य एक टोली प्ले अफ पुग्ने छ । कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुने छ । चेन्नई, मुम्बई र दिल्ली प्ले अफमा पुगि सकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =