सभामुखका लागि मंगलबार उम्मेदवारी दर्ता

माघ ६, काठमाडौँ । प्रतिनिधिसभामा रिक्त रहेको सभामुख पदकालागि माघ १२ गते चुनाव हुने भएको छ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबारको बैठकको अध्यक्ष्यता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन्।
संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेद्वारका लागि भोलि(मंगलबार) नै मनोनयन हुने भएको छ।

मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। परका उम्मेद्वारीको सूची भोलि नै दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ।
नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। विपक्षी कांग्रेसले भने अहिलेसम्म उमेद्वारी दिन नदिने निर्णय गरेको छैन।
मंगलबार नै उपसभामु शिवमाया तुम्बाहाम्फेले समेत पदबाट राजीनामा दिएपछि सभामुख चयनको प्रक्रिया सुरु भएको हो। सभामुखपछि उपसभामुख चयनको प्रक्रिया सुरु हुनेछ।








