विराटनगर महानगरपालिका १० का स्थानीयवासी आन्दोलित

विराटनगर ।  विराटनगर  महानगरपालिका १० का स्थानीयवासी आन्दोलित भएका छन् । मंगलबार बिहान साढे दश बजेदेखि  वडा नम्बर १० को कार्यालय घेराउ गरेका हुन् ।   

विश्व नै कोरोना भाइरस संक्रमणको अपत्यारिलो खाल्डोमा धकेलिएको छ । भने नेपाल पनि अछुतो भने छैन । नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिमबाट न्यूनिकरण गर्न सरकारले चैत्र ११ गते मंगलबारबाट लकडाउनको घोषण गरेसँगै नेपाल यतिबेला लकडाउनको अवस्थामा छ ।   

सरकारले गरेको लकडाउनको घोषणाले दैनिकरुपमा ज्याला मजदुरी गर्नेहरुको दैनिक जिउने जीवनशैली भने सकस बनेको छ । दैनिक कमाएर ल्याउने ज्याला मजदुरी गर्नेहरुका लागि संकट बनिरहेको ।   

विराटनगर १० का ४० वर्षिया मुहमद विहान कमाएको पैसाले छाक टार्ने गरेको बताउँछन् ।   

उनी आफै बिरामी भएर गह्रौ काम गर्न नसक्ने बताउँछन् । उनकी श्रीमती पनि दमको रागले थलिएकी छिन् । उनको काँधमा साना, साना नानीहरुको जिम्मेवारी छ । दैनिक औषधि खानुपर्ने बाध्यता उनी र उनकी श्रीमतीको छ । लकडाउनको दोस्रो दिनदेखि घरमा खानको लागि केहि नभएको उनले सुनाए ।   

त्यस्तै वडा नम्बर १० कै मुकेश मण्डल दैनिक ज्याला मजदुरी गर्छन् । उनी कहिले घर बनाउने काम,  कहिले सिटि सिक्सा कुदाउँछन् । जे मा दुई पैसा कमाइ हुन्छ उनी त्यहिँ काम गरेर घर परिवार पालिरहको बताउँछन् । उनी भन्छन्, अब यस्तै हो भने कोरोना रोगले भन्दा पनि भोकमारीले मरिन्छ होला ।   

वडा नम्बर १० का वडा सदस्य सुशिला ओझालाई ज्याला मजदुरी गर्ने जनताका लागि के छ व्यवस्था ? भन्ने प्रश्नमा डाटा बमोजिम एकल महिला, विपन्न वर्गका लागि खाद्यान्न राहत वितरण गर्ने व्यवथा रहेको उनले बताइन् । तर १० नम्बरका वडा अध्यक्ष माधवराज वाग्लेले एक सञ्चारमाध्यममा आफ्नो क्षेत्रका जनतालाई मास्क र साबुन निशुल्क वितरण गरेको भन्ने अभिव्यक्ति झुटो भएको भन्दै स्थानीय आक्रोसित बनेर वडा कार्यालय घेराउ गर्न पुगेको थिए ।   

अध्यक्ष वाग्लेले आफ्नो क्षेत्रका ३५ सय घरधुरीलाई  ६ हजार थान मास्क वितरण गरेको भनेर सञ्चारमाध्यममा बोलेका थिए । 

तर स्थानीयले मास्क मात्र पाएको र  सावुन कसैले पनि नपाएको स्थानीय उत्तम श्रेष्ठले गुनासो पोखे । यता कार्यालयका वडा सदस्य विजय दाहालले पनि मास्क मात्र वितरण गरेको बताएका छन् । यस विषयमा जानकारी लिन वडा अध्यक्ष माधवराज वाग्लेसँग हामीले बारम्बार फोनमा सम्र्पक गर्दा उनको फोन उठेन ।   

दैनिकी ज्याला मजदुरी गरेर जिवीको पार्जन गर्दै आएका मजदुरीलाई  वडा कार्यालले राहत वितरण गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए ।  सरकारले लकडाउन गरेको आज आठौँ दिन पुगेको छ ।   

यद्यपी  स्थानीय वासीले लकडाउनको कुनै प्रवाह नगरी स्थानीयवासी वडा कार्यालय घेराउ गर्न पुगेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =