किर्गिस्तानमा हुने प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले खेल्दै
२०७६ साउन २९ गते

साउन २९, काठमाडौँ । आगामी सेप्टेम्बर ६ देखि १३ तारिखसम्म किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पनि खेल्ने भएको छ ।
चार देशको सहभागिता हुने प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
null
एन्फाका अनुसार खेलाडीलाई म्याच एक्सपोजरको रुपमा यो प्रतियोगितामा सहभागी गराइएको हो । नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्ने उद्देश्ये यो प्रतियोगिता नेपाली खेलाडीलाई सहभागी गराइएको एन्फाले जनाएको छ l
आगामी डिसेम्बर १ देखि १० तारिखसम्म साग खेलकुद प्रतयोगिता नेपालमा हुँदैछ । फाइल तस्बिर
२०७६ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित








