कोभिड-१९ : नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ताको माग
२०७६ चैत ११ गते

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा खटिएका सुरक्षाकर्मीले प्रोत्साहन भत्ताको माग गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेसँगै फ्रण्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरिएको हो ।
प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले विपद्को समयमा फ्रण्टलाइनमा बसेर खटिने प्रहरीलाई पनि प्रोत्साहन भत्ता हुनुपर्ने भन्दै गृह मन्त्रालय समक्ष प्रस्ताब राखेको बताइएको हो ।

सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ ।
लक डाउनको कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।
२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित








