गरिमा विकास बैंकद्वारा IGLOO Box(Ice Bag) हस्तान्तरण

पुस ४, काठमाडौँ । शुक्रबार गरिमा विकास बैंक लिमिटेडद्वारा नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरिएको छ ।
बैकले आफ्नो सामाजिक उत्तरदायित्व(CSR) अर्न्तगत नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीकै सभाहलमै आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले रेडक्रस सोसाइटीका सभापति डोलराज पाण्डेलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरेका हुन् ।

सो हस्तान्तरण कार्यक्रममा यस बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।








