जुवा खालबाट पक्राउ परेका प्रधानमन्त्रीका पीएसओ प्रहरीमा उपस्थित भए

कार्तिक २४, काठमाडौँ । जुवा खालबाट पक्राउ परेका  प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ राजेन्द्र शाहीलाई  प्रहरी समक्ष उपस्थित गराइएको छ ।   

 नेपाली सेनाले गत कात्तिक १५ गते पक्राउ परेका उनलाई  अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराएको हो । 

नेपाली सेनाको अनुसार प्रहरीले अनुसन्धानका लागि बुझाउन पत्राचार गरेपछि  मेजर शाहीलाई प्रहरीको जिम्मा लगाईएको हो । आइतबार सेनाले एक विज्ञप्ति जारी गदै शाहीलाई महानगरीय प्रहरी वृत, महाराजगञ्‍जमा उपस्थित गराइएको जानकारी गराएका हुन् । 

Image result for जुवा खालबाट पक्राउ

जारी गरिएको उक्त विज्ञप्तीमा भनिएको छ ‘कार्तिक १५ गते काठमाण्डौं जिल्ला टोखा नगरपालिका वडा नं १० सामाखुशीस्थित खरीबोट ईलाकाबाट जुवामा संलग्न रहेको भनि नेपाल प्रहरीद्वारा पक्राउ गरी श्री सैनिक प्रहरी गण, जंगी अड्‍डामा बुझाइएका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानको लागि आज प्रहरी समक्ष उपस्थित गराइएको छ । अनुसन्धानको लागि  महानगरीय प्रहरी वृत, महाराजगञ्‍जबाट सेनानी राजेन्द्र शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार भई आएकोमा उक्त वृतमा उपस्थित गराइएको हो ।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *