एसीसी यू–१६ क्रिकेट : नेपाल पहिलो खेलमा ७ विकेटले विजयी

काठमाडौं, ७ वैशाख । एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा नेपाल म्यानमारविरुद्धको पहिलो खेलमा ७ विकेटले विजयी भएको छ । म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्याएको हो ।५० ओभरको खेलमा टस जितेर ब्याटिङ गरेको म्यानमारले १३.२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो । नेपालका लागि अर्जुन कुमालले १४ बलको सामना गर्दै चार चौकाको मद्दतमा अविजित २६ रन बनाए । त्यस्तै सुवास ऐरले ११, दीपक बोहरा ६, विशाल विक्रम केसीले ३ र प्रशान्त महतले अविजित ९ रन बनाए । म्यानमारका लागि काउंग एचटेटले २ विकेट लिए भने जिन कोकोले १ विकेट लिए । यसअघि म्यानमारका लागि जम्मा दुई खेलाडीले मात्र दोहोरो अंक बनाउन सके । उसका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका चार खेलाडीले एक रन पनि जोड्न सकेनन् । म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट लिए । ५ ओभर फ्याँकेका केसीले २१ रन दिँदै ४ विकेल लिएका हुन् । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १/१ विकेट लिए । म्यानमारका ३ खेलाडी रनआउट भए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =