पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गतको पहिलो ‘एल क्लासिको’ अक्टोबरमा हुने भएको छ । स्पेनिस ला लिगाले सार्वजनिक गरेको नयाँ सिजनको खेल तालिका अनुसार ला लिगा १८ अगस्टबाट सुरु हुनेछ । क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियल म्याड्रिडबीचको पहिलो ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको हो ।
‘एल क्लासिको’ अक्टोबर १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । त्यस्तै, दोस्रो ‘एल क्लासिको’ मे १ मा रियलको मैदानमा हुने छ । अगस्ट १८ बाट सुरु ला लिगामा पहिलो दिन सबै १० खेल हुनेछ । ला लिगा च्याम्पियन बार्सिलोनाले पहिलो खेल एथलेटिको बिल्बाओको मैदानमा खेल्नेछ । रियलले सेल्टा डि भिगोको मैदानमा खेल्नेछ ।
null
पहिलो दिन एट्लेटिको मड्रिडले गेटाफे, अलाभेसले लेभान्टे, स्पान्योलले सेभिया, लेगानेसले ओसासुना, मर्लोकाले इवर, रियल बेटिसले रियल भालाडोलिड, भ्यालेन्सियाले रियल सोसिडाड र भिल्लारियल र ग्रानडाबीच खेल हुनेछ ।








