काठमाडौँको चन्द्रागिरिमा हिउँ पर्यो
२०७६ मंसिर २७ गते

मंसिर २७, काठमाडौँ । चिसो बढेसँगै काठमाडौँको चन्द्रागिरिमा हिउँ परेको छ ।
शुक्रबार चन्द्रागिरिमा हिउँ परेसँगै काठमाडौँको बिभिन्न स्थानमा हल्का बर्षा समेत भएको छ । वर्षाका कारण पनि काठमाडौँमा निकै चिसो बढेको हो ।
आज देशका पश्चिमि भू–भागका केही स्थानमा हावाहुरि आउने पनि सम्भावना पनि रहेको मौसमविद बताउँछन् ।

मौसमविदका अनुसार रातीको समयमा पनि देशभर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरुका साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
बुधबार रातिबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
२०७६ मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित








