सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपाललाई १ स्वर्ण पदक

 

असार १, काठमाडौं । सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपालले १ स्वर्ण पदकसहित पाँच पदक हात पारेको छ । नेपालका लागि पर्शुराम बास्तोलाले एउटा स्वर्ण र एउटा रजत पदक हात पारे । 

त्यस्तै, फिनचोक दोर्जे लामा, रोहित बुढाथोकी र सुशिल पौडेलले रजत पदक आफ्नो नाममा लेखाए । नेपाल प्रतियोगितामा पाँच पदक जित्दै पाँचौ स्थानमा रह्यो । नेपालका लागि पर्शुरामले एक मात्र स्वर्ण पदक जिते । 

null

 

उनले पहिलो राउण्डमा अष्ट्रेलियाबाट वाकओभर पाएर क्वाटरफाइनलमा डोकिन रिपब्लिकलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए । पर्शुले सेमिफाइनलमा चेक रिपब्लिकका खेलाडीलाई ३–२ ले तथा फाइनलमा पनि चेककै खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक हात पारे । उनले नेपालका लागि व्यक्तिगत काता मास्टर ३५–४५ मा स्वर्ण पदक जितेका हुन् । त्यस्तै, व्यक्तिगत काता सिनियरमा पर्शुरामले रजत जिते । 

 

पर्शुरामले पहिलो राउन्डमा चेकका खेलाडीलाई ३–२ ले पराजित गरे । उनले क्वाटरफाइलमा स्लोभाकियालाई ४–१ र सेमिफाइालमा मालीलाई ५–० ले पराजित गरेर फाइनलमा आयोजक चेकका खेलाडीसँग ३–२ ले पराजित हुदै रजतमा चित्त बुझाउन बाध्य बने । सिनियर ७५ केजी ब्वाइज कुमुतेमा सुशिल पौडेलले रजत जिते । पौडेलले पहिलो राउण्डमा भारतका खेलाडीलाई ४-० ले पराजित गरेका थिए । त्यस्तै, उनले क्वाटरफाइनलमा युएईलाई ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । पौडेलले सेमिफाइनलमा घानाका खेलाडीसँग ४–४ को बराबरी खेलेपनि रेफ्रीले उनलाई विजयी घोषणा गरेको थियो । उनी फाइनलमा आयोजक चेकका खेलाडीसँग ३-७ ले पराजित हुँदै रजत पदकमा चित्त बुझाउन बाध्य बने । 

 

यु–२१ ब्वाइज ६० केजी तौल समूहमा फिनचोक दोर्जे लामाले रजत जिते । उनी फाइनलमा चेकका खेलाडीसँग ४–० ले पराजित भए । यु–२१ तर्फ ६७ केजी तौल समूहमा रोहित बुढाथोकी फाइनलमा १५ सेकेन्डको समयमा चुक्दा चेकका खेलाडीसँग १–० ले पराजित हुदै रजतमा खुम्चिए । प्रतियोगिता १४ जुनदेखि १६ जुनसम्म चेक रिपब्लिकमा आयोजना भएको हो । लायन्स कपमा सहभागी हुन ४ सदस्यीय नेपाली कराते टोली गत बुधबार चेक प्रस्थान गरेको थियो । प्रतियोगितामा १८ देशका विभिन्न ६२ क्लबका करिव १ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =