पत्रकार गिरी साधारण तारेखमा रिहा
२०७६ वैशाख ६ गते

बैशाख ५, काठमाडौं । साइबर क्राइमको मुद्दा लगाइएका ताण्डव साप्ताहिकका सम्पादक तथा पत्रकार अर्जुन गिरी रिहा भएका छन् ।
पत्रकार गिरीले गत चैत २२ गते ‘ठग ! बदमास विपेन्द्रराज बतास’ शीर्षकमा समाचार लेखेका थिए । सोही समाचार लेखेको आरोपमा पक्राउ परेका पत्रकार गिरी बिहीबार साधारण तारेखमा रिहा भएका हुन् ।
null
काठमाडौँ जिल्ला अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
सरकारले प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम गरेको भन्दै देशभरका पत्रकारहरुले बिहीबार प्रदर्शन गरेका थिए ।
२०७६ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








