पश्चिमी वायुको प्रभावले भोलि बिहानसम्म हावाहुरीसहित पानी पर्न सक्ने

काठमाडौं, ४ वैशाख । उपत्यकासहित मध्य र पश्चिम तराईको मौसम अहिले सफा छ । अन्य ठाउँको मौसम बदली भई केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी वायुसँगै स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अहिले सफा रहेको ठाउँको मौसम पनि बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । 

 

null

मौसमविद्का अनुसार पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार बिहानसम्मै धेरै ठाउँको मौसम बदली भएर हुरीबतास र चट्याङसहित पानी पर्ने संभावना छ । केही ठाउँमा असिना पनि पर्न सक्छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुने मौसमविदको अनुमान छ । 

बिहीबारदेखि भने मौसममा केही सुधार हुने महाशाखाले जनाएको छ । तर, पूर्ण रुपमा सफा हुन भने अझै केहि दिन लाग्ने मौसमविद्ले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =