प्रदेश लिगको फाइनल चरणमा सुनसरी र झापा विजयी

सुनसरी, २८ असार । वर्षाका कारण एक नं प्रदेशको राजधानी विराटनगरमा हुन नसकेको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनल चरणका खेलहरु शुक्रबारबाट धरानमा शुरु भएसंगै धरान फुटबल क्लब सुनसरी र सैनिक युथ क्लब झापा विजयी भएको छ । वर्षाकै कारण धरान १६ स्थित रहेको प्रस्तावित रंगशाला बिग्रीने डरले तथा फाइनल खेलका लागी बचाएर राखिएकोले खेल विपी प्रतिष्ठान धरानको १ नं खेल मैदानमा भएको थियो । 

शुक्रबार दिउसो २ बजेबाट सुरु भएको पहिलो खेलमा सुनसरी लिग च्याम्पियन धरान फुटबल क्लब सुनसरी विजयी भएको हो । समुह क अन्र्तगतको खेलमा धनकुटाको बौद्धिक विकास समाज समितिलाई ३–२ गोलअन्तरले हराउदै धरानले महत्वपुर्ण ३ अंक बटुलेको हो । जसमा धरानको जितको लागि पहिलो हाफको २० मिनेटमा विनोद राई दोस्रो हाफको ८९ मिनेटमा दोर्जे तामाङ र इञ्जुरी समयमा विनोद राईले पुन एक गोल गर्दे आफ्नो टीमलाई सुरक्षित गर्दै महत्वपुर्ण ३ अंक बटुल्न सफल भएको हो । 

निकै प्रतिष्पर्धात्मक खेलमा धनकुटाको तर्फबाट भने दोस्रो हाफको ६१ औं मिनेटमा रेवतराम भण्डारी र इञ्जुरी समयमा विरेन लिम्बूले गोल गरे पनि त्यो जितका लागी पर्याप्त भएन र अन्नत धनकुटा स्तब्ध बन्यो । सोही खेलमा म्यान अफ दि म्याच धरानका उमेश राई घोषित भएका थिए भने उनले नगद ५ हजारका साथै टफ्रि हात पारेका छन् । त्यस्तै शुक्रबार नै भएको समुह ख अन्र्तगतको दोश्रो खेलमा सैनिक युथ क्लब झापा ६-३ गोल अन्र्तरले विजयी हासिल गर्दै खेलमा महत्वपुर्ण ३ अंक समेत प्राप्त गरेको छ ।दिउँसो ४ बजेबाट सुरु भएको खेलमा बाक्सीला फुटबल क्लब खोटाङले झापलाई दवावमा राखेपनि खेलको मध्यान्तरपछि झापा हाबी हुँदै ६ गोल गर्न पुग्यो जसमा झापाको तर्फबाट विकेश सुब्बा एक्लैले ४ गोल गरे भने मिलन राई र सौरभ लिम्बुले एक एक गोल गरे । त्यस्तै बाक्सिला फुटबल क्लब खोटाङको तर्फबट भने सैलेन्द्र बजीमय, सुदिप केसी र श्रीकृष्ण श्रेष्ठले गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच भने झापाका विकेस सुब्बा घोषीत हुँदै नगद ५ हजारका साथै टर्फि हात पारेका छन् ।फाइनल चरणका खेलहरुमा प्रदेशको ३ क्षेत्रबाट ६ वटा टिम सहभागी छन् । ती टिमलाई क र ख गरी २ समुहमा विभाजन गरिएको छ भने समुह क मा धरान फुटबल क्लब सुनसरी, बौद्धिक विकास समाज समिति धनकुटा र बेलबारी फुटबल क्लब मोरङ छ । 

null

 

त्यस्तै समुह ख मा सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल खोटाङ र रेड हर्ष फुटबल क्लब इलाम परेको छ । दुवै समुहको विजेताले फाइनल खेल्नेछ । लिग विजेताले नगद ५ लाख र ४ केजी चाँदीको च्याम्पियन ट्रफी पाउनेछ भने उपविजेताले ३ लाख हात पार्ने आयोजक एन्फाले जनाएको छ  । 

 

शनिबार दिउँसो २ बजे धनकुटा र मोरङ बीच खेल हुने र ४ बजे खोटाङ र इलामबीच खेल हुने आयोजकले जानकारी दिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =