बास्केटवलमा लोटस, कार्मेल, विष्णु र प्रभात स्कुल बिजयी

माघ ४, धरान । जुनियर पायनोर पूर्व विद्यार्थी संगठनको आयोजनामा आयोजित प्रथम अन्तर विद्यालय छात्र तथा छात्रा बास्केटवल प्रतियोगितामा विहिवार भएको उदघाटन खेलमा लोटस, कार्मेल, विष्णु र प्रभात स्कुल विजयी भएको छ ।
धरान १९ स्थित हरियालि सामुदायीक वनमा रहेको बास्केटवल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको उदघाटन खेलमा लोटसले आइडल स्कुललाई ३२ – १४, कार्मेल स्कुलले होलिल्याण्डलाई ६६ – १७, विष्णु स्कुलले जुनियर पायनोरलाई १८ – १२ र छात्रा तर्फको खेलमा प्रभात स्कुलले विष्णु स्कुललाई ३६ – २ अंकको अन्तरले पराजित गरेका थिए ।
null
लोटस र आइडल स्कुल बिच भएको खेलको प्रत्येक क्वाटरमा ६ – ५, १२ – २, ८ – ३ र ६ – ४, कार्मेल र होलिल्याण्डले १८ – ४, १९ – ४, १५ – ३ र १४ – ६, विष्णु र जुनियर पायनोर ४ –०, ७ – ४, ४ – २ र ३ – ६ र छात्रा तर्फ प्रभात र विष्णु १३ –०, १० –०, ६ –० र ७ – २ अंक जोडेका थिए । प्रतियोगितामा छात्र तर्फ ८ टिम र छात्रा तर्फ ६ टिमले सहभागिता जनाएको छ । उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिका खेलकुद विकास समिति अध्यक्ष सुवास राई, बास्केटवल संघ केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, धरान १९ वडाध्यक्ष पुर्ण लिम्वु, जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदि, बास्केटवल संघका पुर्व केन्द्रिय सदस्य महेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । बास्केटवल खेलाडी उत्पादनमा सहयोग पुर्याउने उदेश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल माघ ५ गते शनिवार हुने प्रतियोगिताका संयोजक चिरन्जीवी गिरिले जनाए ।








