रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल नेसन्ल लिगको फाइनलमा

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा प्रवेश गरेको छ । पोर्टोमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । 

 

पोर्टोमा खेलको २५ औं मिनेटमा रोनाल्डोले २५ यार्ड टाढा प्राप्त फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको पोर्चुगलले दोस्रो हाफमा थप दुई गोल गर्दा १ गोल खान पुगेको थियो । ५७ औं मिनेटमा रिकार्डो रोड्रिग्वेजले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । नेल्सन सेमेडोले स्टेभन जुवेरलाई लडाएपछि भिएआरको सहायतामा प्राप्त पेनाल्टीमा रिकार्डोले कुनै गल्ती गरेनन् । 

null

त्यसअघि पोर्चुगलले पेनाल्टी पाएपनि भिएआरको सहायतामा उक्त पेनाल्टी अपिल सफल भएन । ८८ औं मिनेटमा रोनाल्डोले बर्नाडो सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–१ ले अघि बढाए । ९० औं मिनेटमा रोनाल्डोको ह्याट्रिक पुरा गर्दै टिमलाई ३–१ को जित दिलाए । ग्राइन्ट जाहाले मिडफिल्डमा लुज गरेको बललाई रोनाल्डोले अघि बढाउदै गोल गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =