आईपीएल : चेन्नइसँग दिल्ली पराजित, ताहिरले लिए चार विकेट

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत बिहीबारको खेलमा चेन्नइ सुपर किंग्स विजयी भएको छ । चेन्नइस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा घरेलु टिमले दिल्लीलाई ८० रनले पराजित गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नइले २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । चेन्नइका लागि सुरेश रैनाले ५९ रन बनाए भने महेन्द्रसिंह धोनीले अविजित ४४ रन जोडे । फाफ डु प्लेसिसले ३९ रन बनाउँदा रवीन्द्र जडेजाले २५ रनको योगदान दिए ।१८० रनको लक्ष्य पछ्याएको दिल्ली १६।२ ओभरमा ९९ रनमा समेटियो । दिल्लीका लागि श्रेयस ऐयरले ४४ रन बनाए भने शिखर धवनले १९ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । दिल्लीलाई सस्तैमा समेट्नका लागि इम्रान ताहिरले चार विकेट लिए । भने, रवीन्द्र जडेजाले ३ विकेट हात पारेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 11 =