मलद्वार भित्र लुकाई ल्याएको सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय पक्राउ
२०७६ पुस १५ गते

पुष १५, काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
महाराष्ट्र ठाणेका सुनिल हरिरामलाई प्रहरीले सुनसहित मंगलबार बिहान ८ बजे पक्राउ गरेको हो ।
बिहान ८ बजे फ्लाई दुबईबाट काठमाडौं आईपुगेका उनले मलद्वारभित्र लुकाएर ल्याएको आधा किलो सुन बरामद गरिएको प्रहरीले बताएको छ । उनले दुई वटा प्लाष्टिकमा पोको पारेर आधा किलो सुन मलद्वारमा लुकाएर ल्याएका थिए।

एक्सरे गरेर हेरेपछि उनले मलद्वारमा लुकाएर ल्याएको सुन फेला थाहा प्रहरीले जनाएको छ।
२०७६ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








