आज चट्टयांग सहित वर्षा हुने
२०७६ भदौ ५ गते

भाद्र ५, काठमाडाैँ । बिहिबार देशका पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखकाले जानकारी दिएको छ ।
आज देशका मध्य तथा पुर्वी भुभागमा आंसिक बदली भई सामान्यतया मौसम सफा रहेको छ भने पश्चिमी भुभागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको महाशाखकाले जानकारी जनाएको छ ।
बिहिबार दिनको समयमा पनी देशभरी आंसिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातको समयमा पनी देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पुर्वका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
२०७६ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित









