फोन गर्छु भन्दै कोठाभित्र छिरेका राष्ट्रपतिले आफैँँलाई गोली हाने

बैशाख ५, पेरु । पेरुका पूर्व राष्ट्रपति एलान गार्सियाले आफूले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।
भ्रष्टाचारको आरोप लागेका ६९ वर्षीय पूर्व राष्ट्रपति गार्सियाले बुधबार राति आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।
null
उनलाई गिरफ्तार गर्न प्रहरी उनको घर पुगेका थिए । प्रहरीले घेरा हालेपछि उनी महत्वपूर्ण फोन गर्ने भन्दै फोन मागेर कोठाभित्र पुगे । चुक्कुल पनि लगाए । अनि गाेली हाने । त्याे पनि आफैंलाई ।
भित्रबाट ठूलाे आवाज आएपछि प्रहरीले ढाेका फाेडेर उनलाई तत्काल उपचारका लागि राजधानी लिमास्थित क्यासिमिरो उलावो अस्पताल पुर्याए । तर उनी बाँच्न असफल भए । उनकाे उपचारका क्रममा मृत्यु भएको हो ।
गार्सियाले सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म दुई पटक पेरुको राष्ट्रपतिय कार्यकाल सम्हालेका गार्सियालाई ब्राजिलको निर्माण कम्पनीबाट घुस लिएको आरोप लागेको थियो। उनले त्यो अस्वीकार गर्दै आएका थिए।
दोस्रो पटक राष्ट्रपति हुँदा उनले सो ब्राजिलियाली कम्पनीबाट घुस लिएको अनुसन्धानमा देखिएको छ।








