वेस्टइन्डिजमाथि भारतको फराकिलो जित

एजेन्सी । इंग्ल्यान्डमा जारी १२ औं आइसिसी विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजमाथि फराकिलो जित निकालेको छ । म्यान्चेस्टरमा भएको खेलमा भारत वेस्टइन्डिजमाथि १ सय २५ रनको फराकिलो जित निकाल्न सफल भएको हो । 

 

सेमिफाइनलमा स्थान बनाउन दुवै टोलीका लागि महत्वपूर्ण मानिएको खेलमा वेस्टइन्डिजले कमजोर प्रदर्शन गर्दा भारत सेमिफाइनल नजिक पुगेको छ । समूह चरणका ३ खेल खेल्न बाँकी रहँदा भारत ६ खेलमा ११ अंकसिहत अपराजित छ र उ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

null

इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी रहेको भारतका लागि सेमिफाइनलमा पुग्न अब यी ३ टोलीमध्ये एकलाई पराजित गरे पुग्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =