स्वास्थ्य अवस्था गम्भीर भएपछि डा. केसीलाई राति काठमाडौं ल्याइयो

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग गरेर १६ औं पटक इलाममा अनशनरत प्रा.डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल गएपछि उनलाई गएराति काठमाडौं ल्याइएको छ । 

डा. केसीलाई इलामदेखि झापाको भद्रपुरसम्म एम्बुलेन्समा र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो । 

उनलाई अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आईसीयूमा राखेर उपचार भइरहेको छ । डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । 

null

हिजोदेखि उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकको सल्लाह र नागरिक अगुवाहरुको पहलमा काठमाडौं ल्याइएको हो । 

डा. केसीलाई काठमाडौं ल्याउन पहल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख ढुंगाना र त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा लगायतको टोली इलाम पुगेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =