ला लिगा: बेन्जिमाले दुई गोल गरेपछि रियल मड्रिड विजयी

एजेन्सी । स्पेनिस ला लिगामा स्टार खेलाडी करिम बेन्जिमाले दुई गोल गरेपछि रियल मड्रिड विजयी भएको छ । शनिबार भएको खेलमा रियलले ईबरलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रियललाई जित दिलाउन दुबै गोल करिम बेन्जेमाले गरेका थिए । उता ईबरकोतर्फबाट मार्सा कार्डोनले एक गोल गरे । 

 

खेलको ३९ औँ मिनेटमा कार्डोनले गोल गर्दै ईभरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोली रियलका लागि खेलको ५९ औँ मिनेटमा बेन्जिमाले बराबरी गोल फर्काए । 

null

 

निकै नै रोमाञ्‍चक बनेको खेलको ८१ औँ मिनेटमा बेन्जिमाले ब्याक्तिगत दोस्रो गोल गर्दै रियललाई महत्वपूर्ण दुई अंक दिलाए । जितसँगै रियल ३० खेलबाट ६० अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । पराजित ईबर ३९ अंक सहित तालिकाले ११ औँ स्थानमा छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =