१२ वर्षपछी पत्रकार साहको हत्यामा संलग्न एक पक्राउ

फाेटाे स्राेतः गुगल 

फागुन २५, बारा ।  बारामा प्रहरीले १२ वर्षपछि पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेका छ । प्रहरीका अनुसार उक्त अभियुक्तलाई शनिबार राति बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरिएकाे हो । 

पक्राउ पर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदार रहेको  प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए । पत्रकार वीरेन्द्रको  हत्यामा  फौजदारसहित  हरेराम पटेल, लालबहादुर चौधरी, रामएवाल सहनी र मैनेजर गिरी संलग्न थिए । उनीहरुलाई  अदालतले आजीवन करावासको फैसला तोकेको थियो । 

Image result for पक्राउ

यी मध्ये गिरी भने जेल जिवनबाट मुक्त भईसकेका छन् भने अन्य तीन जना फरार रहेका छन् ।  फरार उनीहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।   

विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले पत्रकार वीरेन्द्रलाई अपहरण गरि निर्मतापूर्वक हत्या गरेका थिए । उनको शवलाई प्रहरीले हत्या गरिएको   ३५ दिनपछि टङ्गीया बस्तीको जङ्गलमा सडेगलेको अवस्थामा फेला पारेको थियो ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =