आइपीएल: सनराइजर्स पन्जाबसँग ६ विकेटले पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको हिजो बेलुका भएको खेलमा किङ्‍स ११ पन्जाब विजयी भएको छ । लोकेश राहुल र मयंक अग्रवालको अर्धशतकमा चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा पन्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । 

अत्यन्त खराब सुरुवात गरेको हैदरावादले पन्जाबलाई १५१ रनको लक्ष्य दिएको थियो । पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको हो । पन्जाबका लागि राहुलले नट आउट १ छक्का र ७ चौकाको मद्दतमा ७१ रनको योगदान गरे भने अग्रवाल ५५ रनमा आउट भए । 

 

null

यस्तै, क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । हैदरावादका सन्दीप शर्माले २, रसिद खान र सिद्धार्थ कउलले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक हुडाले अविजित १४ रन बनाए । 

पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले एक एक विकेट लिए । पन्जाबोको यो चौंथो जित हो भने हैदरावादको तेस्रो हार हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 12 =