फिलिपिन्समा ५.९ म्यानिच्युडको भूकम्प

माघ २, दाभाओ सिटी । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प गएको छ । 

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे भूकम्प आएको हो । भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको छ । 

भूकम्पबाट मानवीय तथा भौतिक क्षतिका बारेमा भने कुनै सूचना प्राप्त भएको छैन । 

null

भू विज्ञान निकायका अनुसार फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसूस गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =