नेपाल कतार विरुद्ध टस जितेर ब्याटिङ गर्दै (LIVE)

काठमाडौं, ७ साउन । आइसीसी टी २० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गत नेपालले पहिलो खेलमा आज कतारसँग खेल्दैछ । सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा हुने खेलमा नेपालले टस जितेको छ । मैदानको अवस्थाका कारण केही ढिलो गरी भएको टसमा नेपालले टस जित्दै ब्याटिङ रोजेको छ । नेपालको प्लेइङ ११ मा दिपेन्द्र सिंह ऐरीले पुनरागमन गरेका छन् ।
काठमाडौंमा भएको प्रधानमन्त्री कप क्रिकेटका बेला औंलामा चोट लागेपछि दिपेन्द्रलाई पूर्ण रुपमा फिट हुन समय लागेको हो । मलेसियामा नेपालले दुई खेल खेल्दा उनी टिम बाहिरै थिए । यस्तै दिपेन्द्रले टिममा स्थान बनाउँदा पवन सर्राफ, प्रदिप ऐरी र रोहित कुमार पौडेल भने पहिलो रोजाईँमा पर्न सकेनन् ।
यस्तै नेपालले एकै पटक तीन स्पीनर र तीन फास्ट बलर खेलाएको छ । स्पीनमा बसन्त रेग्मी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी छन् भने सिममा सोमपाल कामी, करण केसी र अभिनाश बोहरा छन् । मध्यक्रममा शरद भेषावकर, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहनेछन् ।
null








