प्रदर्शनकारीको सिक्री लगेको आरोप लागेका प्रहरी निलम्बनमा

 

बैशाख ३०, काठमाडौं । प्रदर्शनकारीको सिक्री लगेको आरोपमा एक प्रहरी जवान कारवाहीमा परेका छन् । 

बौद्धमा सडक पिच गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको सिक्री लगेको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठ कारवाहीमा परेका हुन् । 

null

गत बिहीबार बाटो पिच गर्न माग गर्दै बौद्ध–जोरपाटीका स्थानीय प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा उनीहरुले सडक अवरुद्ध पारेका थिए । 

ठप्प पारिएको सडक खुलाउन प्रहरीले त्यहाँ बल प्रयोग गर्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा एक प्रदर्शनकारीको चुँडिएको सिक्री फिर्ता दिनुपर्नेमा जवान श्रेष्ठले आफूसँगै राखेका कारण उनको गल्ती देखिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले अहिले समिति बनाएर अनुसन्धान सुरु गरेको र जवानलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *