‘फलोअप’ का लागि अस्पताल पुगेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ ?

 

मंसिर २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परिक्षणका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर तथा थोरासिक सेन्टरमा पुगेका छन् । 

नियमित फलोअप र इसिजी चेक गर्नका लागि प्रम ओली मंगलबार दिउँसो ३ बजे अस्पताल पुगेका हुन् । अहिले उनको अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिए । 

null

यसअघि कात्तिक दोस्रो साता अस्पताल भर्ना भई चार दिनको उपचारपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओली ३९ दिनपछि सोही अस्पतालमा नियमित स्वास्थ्य जाँच लागि पुगेका हुन् । 

चिकित्सकहरुले प्रधानमन्त्रीलाई खानपानमा विशेष ख्याल गर्न सुझाव दिएका छन् । 

मिर्गौलाका बिरामीहरुलाई संक्रमणले छिट्टै छुने भएकाले नियमित स्वास्थ्य जाँच गरिरहनुपर्छ। सोही क्रममा ओली छाती जाँचका लागि अस्पताल पुगेका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =